एन आइ सी एसिया बैंक को नाफामा भारी गिरावट, प्रति शेयर आम्दानी कति ?

काठमाडौँ । एन आइ सी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ९२ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २१ करोड रुपैया कम हो । बैङ्कको सञ्चालन मुनाफा घटेपछि खुद नाफा घट्न पुगेको हो । बैङ्कले सो अवधिमा रू.१ अर्ब २१ करोड संचालन नाफा गरेको छ भने गत बर्ष को सोहि अबधिमा रु. १ अर्ब ३२ करोड बढी रहेको थियो । बैङ्कले सो अवधिमा रू. १ खर्ब अर्ब ३३ अर्ब निक्षेप संकलन गरी रू. १ खर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ८ अर्ब बढी रहेको छ भने जगेडा कोष रू. ३ अर्ब बढी रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ९ अर्ब ९ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब ४ अर्ब बढी रहेको थियो । बैंकको निष्क्रिय कर्जा ०.२२ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.१५.४० रहेको छ ।

यो पनि पढ्नुहोस

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ४२ करोड ७५ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २०.४ % बढी हो । बैङ्कले सो अवधिमा रू.३५ करोड ५१ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो ।
बैङ्कको सञ्चालन मुनाफा बढेपछि, त्यस्तै ब्याज आम्दानी अत्यधिक बढेपछि खुद नाफा बढ्न पुगेको हो ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. २ अर्ब ५९ करोड रहेको छ भने जगेडा कोष रू. ८० करोड रुपैया बढी रहेको छ ।बैङ्कले सो अवधिमा रू. २४ अर्ब ५४ करोड निक्षेप संकलन गरी रू.२१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७९.२१ % रहेको छ ।बैंक को मूल्य आम्दानी अनुपात १८ गुणा बढी रहेको छ । बैंकको निष्क्रिय कर्जा अत्यन्त कम जम्मा ०.०१ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.२२ रहेको छ ।

तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ५ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २ करोड ४१ लाख रुपैया कम हो । बैङ्कको सञ्चालन मुनाफा घटेपछि खुद नाफा घट्न पुगेको हो । बैङ्कले सो अवधिमा रू. ४ अर्ब ४८ करोड निक्षेप संकलन गरी रू.३ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७४.२० % रहेको छ । समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ५० करोड रहेको छ भने जगेडा कोष रू. १२ करोड ९७ लाख रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ३८ करोड ९० लाख रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब ३० करोड रहेको थियो । सञ्चालन मुनाफा करिब ७ करोड रहेको छ, गत बर्ष को सोहि अबधिमा रू. ११ करोड ८७ लाख बढी रहेको थियो । बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.१४.१७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =