नाडेप लघुवित्तको ४ करोड ८० लाख मूल्य बराबरको आईपीओ आउने, कति पायो रेटिङ ?

काठमाण्डौ । इक्रा नेपालले नाडेप लघुवित्त बित्तीय संस्थाले जारी गर्न लागेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ साधारण सेयर (आइपीओ)लाई आइपीओ ग्रेड फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको बित्तीय अवस्था औसत भन्दा तल रहेको भन्ने बुझ्नुपर्छ । कम्पनीको समग्र अध्यन गरेर इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेडिङ्ग ५ ले कमजोर आधारहरु रहेको जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा माघ मा नै आवेदन दिइसकेको छ ।
लघुवित्तले निकट भविष्यमै ४ करोड ८० लाख मूल्य बराबरको ४ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस नयाँ (IPO) निस्काशन गर्ने कम्पनि

नेपाल सेवा लघुवित्तले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्नको लागि आज मंगलबार धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ ।
लघुवित्तले जारी पूँजीको ३० प्रतिशत सर्बसाधारण लाई आइपिओ शेयर जारी गर्न लागेको हो ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।
सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आईरहेको लघुवित्तको अध्यक्ष मा मदन गोपाल श्रेष्ठ हुनुहुन्छ। लघुवित्तको अधिकृत पूँजी १० करोड रहेको छ भने जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ ।
साधारण सेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले दोस्रो त्रैमासिक सम्म खुद नाफा करिब १३ हजार कमाएको छ भने, जगेडा कोष मा जम्मा ११ लाख रहेको छ ।

हिमालय उर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका साधारण शेयर जारि गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि ९ करोड ९० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्न लागेको हो ।
आईपिओ जारी गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । त्यस्तै दोस्रो चरणमा भने सर्बसाधारण लाई करिब
१४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस अघिल्लो जानकारी
हिमालय उर्जा विकास कम्पनीले लिमिटेड को मिति २०७४/११ /३० गते बसेको संचालक समितिको बैठकले सर्बसाधारणलाई साधारण शेयर (IPO) निष्कासन गर्ने निर्णय गरेको हो ।
हिमालय उर्जा विकास कम्पनीले साधारण शेयर निस्कासन गर्ने प्रस्ताव आगामी मिति २०७४ चैत्र १४ गते बस्ने कम्पनिको साधारण सभामा लैजादै छ । सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने प्रस्ताब लैजानको लागि
कम्पनीले आगामी चैत्र २४ गते शनिबार हिरा प्यालेस ब्यान्केट एण्ड इभेन्ट्स , नयाबानेश्वोर , काठमाडौँ मा बिहान ११ बजे सत्रौ बार्षिक साधारणसभा बोलाएको छ ।

दोर्दी खोला जलबिधुत कम्पनी को मिति २०७४/१२ /०१ गते बसेको संचालक समितिको बैठकले सर्बसाधारणलाई साधारण शेयर (IPO) निष्कासन गर्ने निर्णय गरेको छ ।
दोर्दी खोला जलबिधुत कम्पनीले साधारण शेयर निस्कासन गर्ने प्रस्ताव आगामी मिति २०७४ चैत्र २८ गते बस्ने कम्पनिको साधारण सभामा लैजादै छ । सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने प्रस्ताब लैजानको लागि
कम्पनीले आगामी चैत्र २८ गते बुधबार अमृत भोग पार्टी प्यालेस , कालिकास्थान , काठमाडौँ मा दिउसोको ३ बजे बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको शेयर दाखिला खारेज मिति चैत्र १४, २०७४ देखि चैत्र २८, २०७४ सम्म बन्द रहने कम्पनीले जनाएको छ ।

साहस उर्जाको मिति २०७४/११ /१३ गते बसेको संचालक समितिको बैठकले सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने निर्णय गरेको हो ।
सोहि निर्णयले हालसम्मको संसोधन सहिदको एकीकृत प्रबन्धपत्र तथा नियमावली समेत स्वीकृत गर्ने, नियमावलीको नियम संसोधन गर्ने ,आबस्यक परेको खण्डमा एकीकृत प्रबन्धपत्र नियमावली तथा संसोधन परिमार्जन गर्न थपघट गर्न परेको अवस्थामा संचालक समितिलाई अख्तियार दिने प्रस्ताव आगामी मिति २०७४ चैत्र १४ गते बस्ने कम्पनिको साधारण सभामा लैजादै छ । साथै उक्त सभाले सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने प्रस्ताब पारित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी चैत्र १४ गते कार्की ब्यान्केट, बबरमहल, काठमाडौँ मा बिहान १० : ३० बजे चौथो बार्षिक साधारणसभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =