नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गर्यो चमत्कार, खुद मुनाफा नै रू. दुई अर्ब ८३ करोड रूपैयाँ

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. दुई अर्ब ८३ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा खुद नाफा १९.३८ प्रतिशतले बढी हो ।
बैङ्कले सो अवधिमा निक्षेप संकलन रू. एक खर्ब ३० अर्ब निक्षेप संकलन गरेर एक खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. १० अर्ब बढी रहेको छ भने जगेडा कोष रू.१० अर्ब बढी रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ४ अर्ब १५ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब रु.३ अर्ब ४७ करोड बढी रहेको थियो । ब्याज आम्दानी, सञ्चालन मुनाफा आएको सुधार ले नै बैंक लाई प्रगति पथमा पुर्याएको हो ।

बैङ्कको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा रु. २९ करोड बढी रहेको छ, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. ३ अर्ब ७५ करोड रुपैया रहेको छ । बैंकको निष्क्रिय कर्जा ०.६४ % बाट बढेर ०.७६ प्रतिशत रहेको छ । बैङ्कको सिडी रेशियो ७८.०३ % रहेको छ भने प्रति शेयर आम्दानी रु.३५.५५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =