नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद बिक्री नगर्दै फेरि प्रस्ताव गर्याे हकप्रद, सेयरधनी किताब बन्द कहिले ?

शतप्रतिशत हकप्रद जारी गर्न लागेको नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी नहुँदै फेरि थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद र बोनस पश्चात कायम हुने चुक्ता पूँजी ६१ करोड ७६ लाखको ६५ प्रतिशत हकप्रद जारी गर्ने जनाएकाे हाे ।

बैशाख ५ गतेदेखि हकप्रद जारी नहुँदै कम्पनीले ६५ % हकप्रद जारि गर्ने निर्णय कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले निर्णय गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले आगामी बैशाख २१ गते इन्स्यारेन्सको ६९ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले हकप्रद विक्री गरेर बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन हक्प्रदको बाटो रोजेको हो ।
सभाका लागि कम्पनीले बैशाख ७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको २.२६ प्रतिशत बोनस प्राप्त गर्न र सभामा सहभागि हुन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीले बैशाख ५ गतेदेखि जारी गर्ने एक बराबर एक अनुपातको हकप्रद र प्रस्तावित एक करोड ३६ लाख ६१ हजार बोनस पूँजीकरण गर्दा कम्पनीको चुक्ता पूँजी ६१ करोड ७६ लाख ३८ हजार पुग्नेछ ।

सेयरधनी किताब बन्द कहिले ?
सभाका लागि कम्पनीले बैशाख ७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले शतप्रतिशत हकप्रदले समेत पाउने कम्पनीले जानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =