नेपाल सेवा लघुवित्तको एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन

नेपाल सेवा लघुवित्तले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) आज (बैशाख १२ गते) देखि निष्कासन तथा विक्री खुल्ला भएको छ ।
लघुवित्तले बैशाख १२ देखि १६ गतेसम्म सर्बसाधारणका लागि सेयर बिक्री गर्ने सूचना जारी गरेको छ ।
लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम ९०० कित्ता शेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको हो ।
लघुवित्तले जारी पूँजीको ३० प्रतिशत सर्बसाधारण लाई आइपिओ शेयर जारी गर्न लागेको हो ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।
सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आईरहेको लघुवित्तको अध्यक्ष मा मदन गोपाल श्रेष्ठ हुनुहुन्छ। लघुवित्तको अधिकृत पूँजी १० करोड रहेको छ भने जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ ।
साधारण सेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले दोस्रो त्रैमासिक सम्म खुद नाफा करिब १३ हजार कमाएको छ भने, जगेडा कोष मा जम्मा ११ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =