बंगालको खाडीबाट नेपालमा सिधै पानी जाहाज सञ्चालन हुने, सम्झौता के के भए पूर्ण जानकारी प्राप्त गर्नुहोस ..

बंगालबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्नको लागि नेपाल र भारतबीच शनिबार नयाँदिल्ली सम्झौता भएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपाल अब सिधै समुद्रसंग जोडिने भएको हुदा नरेन्द्र मोदीले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको जानकारी दिए ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनले बताए । सम्बोधनका क्रममा मोदीले भने “सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिन्छ, जाहाज सञ्चालन हुन्छ ।

संयुक्त पत्रकारसम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब जाहाज चलाउने जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनको भनाई छ । यसविषयमा दुई देशबीच सम्झौता भएको उनले जानकारी दिए ।

नेपालको कोशीनदीसम्म जाहाज चल्ने भएको छ । बंगालको खाडीबाट सिधै जलमार्ग हुदै नेपालमा जाहाज आउने भएको छ । यसले गर्दा कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेको आयात–निर्यात व्यापार जाहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ ।
त्यस्तै,
नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री मोदीद्वारा पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास गरेका छन् । दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनका क्रममा अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थाका लागि सरकारले ७ भदौ ०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेको थियो । निर्माण सुरू भएको भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने लक्ष्य राखिएको छ ।

मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो ।
उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना ६ ख ६९३९ नंको पेट्रोल ट्याकरसहित ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् भने नेपालतर्फबाट एनएल ०१ एच ८३८५ नंको मालबाहक ट्रकसहित तीनवटा गाडी भारत भित्रिएका छन् । चौकी सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ ।

वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय आइसिपीमा स्थानान्तरण हुने भएकाले आयात निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात निर्यात गर्न सक्ने छन् भने सवारीको चापका कारण हुने ट्राफिक चाप हुने छैन र भन्सारमा हुने गरेको चोरी पैठारीमा कमी आउने तथा राजश्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ । यसअघि नेपाल–भारत सीमामा रहेको मैत्रीपुलको बाटो गरी सामान आउन एक हप्ता लाग्ने गरेकामा अब आइसिपी सञ्चालनमा आएपछि केही घण्टाभित्रै नेपाल आउन सक्ने भएकाले यसबाट नेपाल–भारतबीचको व्यापारमा नयाँ आयाम थपिने विश्वास उद्योगीहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =