मुक्तिनाथ विकास बैंकको खुद नाफा ४२ करोड भन्दा बढी, प्रति शेयर आम्दानी कति ? जान्नुहोस

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ४२ करोड ७५ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २०.४ %  बढी हो । बैङ्कले सो अवधिमा रू.३५ करोड ५१ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो ।
बैङ्कको सञ्चालन मुनाफा बढेपछि, त्यस्तै ब्याज आम्दानी अत्यधिक बढेपछि खुद नाफा बढ्न पुगेको हो ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. २ अर्ब ५९ करोड रहेको छ भने जगेडा कोष रू. ८० करोड रुपैया बढी रहेको छ ।

बैङ्कले सो अवधिमा रू. २४ अर्ब ५४ करोड निक्षेप संकलन गरी रू.२१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७९.२१ % रहेको छ ।

बैंक को मूल्य आम्दानी अनुपात १८ गुणा बढी रहेको छ । बैंकको निष्क्रिय कर्जा अत्यन्त कम जम्मा ०.०१ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.२२ रहेको छ ।

यो पनि पढ्नुहोस

तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ५ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २ करोड ४१ लाख रुपैया कम हो । बैङ्कको सञ्चालन मुनाफा घटेपछि खुद नाफा घट्न पुगेको हो । बैङ्कले सो अवधिमा रू. ४ अर्ब ४८ करोड निक्षेप संकलन गरी रू.३ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७४.२० % रहेको छ । समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ५० करोड रहेको छ भने जगेडा कोष रू. १२ करोड ९७ लाख रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ३८ करोड ९० लाख रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब ३० करोड रहेको थियो । सञ्चालन मुनाफा करिब ७ करोड रहेको छ, गत बर्ष को सोहि अबधिमा रू. ११ करोड ८७ लाख बढी रहेको थियो । बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.१४.१७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =