रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड

रसुवागढी र साञ्जेनको आइपिओ आज मिति २०७४/१२/१८ गते आइतबार दिउँसो २ बजे पछि बाँडफाँड हुने भएको छ ।
दुबै कम्पनीका विक्री प्रबन्धकहरुले दिएको जानकारी अनुसार आइपिओमा तोकिएको भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाटै बाँडफाँड हुनेछ ।
रसुवागढीले रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारी, सञ्चय कोष, र ऋण प्रदायक कम्पनीको लागि आइपिओ खुला गरेको थियो । सान्जेनले विद्युत प्राधिकरण, रसुवाका स्थानीय निकायका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीलाई बिक्री खुलाएको थियो । यी दुइ कम्पनि चिलिमे जलविद्युत कम्पनी को सहायक कम्पनि हो ।
फागुन ११ देखि ३० गतेसम्म सञ्चयकोषमा बचत गर्ने सञ्चयकर्ताका लागि तथा चैत ५ देखि १३ गतेसम्म दुवै कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि साधारण सेयर निष्काशन गरिएको थियो ।
रसुवागढीले संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र सान्जेनले १२ लाख ७७ हजार ५ सय कित्ता आइपिओ बिक्री गरेको हो ।
सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो भने रसुवगढीको सिद्धार्थ क्यापिटल हो। लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आइपिओमा आवेदन दिन सकिने ब्यबस्था गरेको थियो ।
उक्त जारी आइपिओमा करिब ६ गुणा बढी आवेदन परेको थियो।
रसुवागढी र सान्जेनले कर्मचारी संचय कोषका संचयकर्ताबाट १० अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । दुवै कम्पनीले दुई अर्ब ५१ करोड ६० लाख बराबरको सेयर खरिदका का लागि आवहान गरेको थियो ।

यो पनि पढ्नुहोस

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर भर्ने म्याद आज बुधबार (फागुन ३० गते) बैंकिंग समय पश्चात बन्द भएको थियो ।
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले फागुन ११ गतेदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री खुल्ला गरेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको हो भने साञ्जेन जलविद्युत् कम्पनीले पनि ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निस्कासन गरेको हो । साञ्जेनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । त्यस्तै रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

 www.facebook.com/aaganpost

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेका हुन् ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सकिने ब्यबस्था गरेको छ ।

दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।रसुवागढीले दोस्रो चरणमा भने आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी एक अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

रसुवागढी हाइड्रोले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी को रसुवामा नै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =