सानिमा बैंकको खुद नाफा २७ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

काठमाडौँ । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. १ अर्ब २० कराेड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा खुद नाफा २७ प्रतिशत बढी हो । बैंकको जगेडा कोषमा २९ प्रतिशत तथा निक्षेप संकलन र कर्जा परिचालन दुबै ३० प्रतिशत तथा ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ ।
बैङ्कले सो अवधिमा निक्षेप संकलन रू. ७१ अर्ब बढी गरेको छ भने ६४ अर्ब कर्जा प्रवाह गरेको छ ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ८ अर्ब बढी रहेको छ भने जगेडा कोष रू. २ अर्ब २५ करोड बढी रहेको छ । बैङ्कको ब्याज आम्दानी ५ अर्ब ६८ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब ३ अर्ब ४७ करोड बढी रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा ०.०४ % बाट बढेर ०.१७ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी रु.२०.२२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =