सेन्चुरी बैंकको तेस्रो त्रैमासमा देखियो उत्साह, खुद नाफा रू. ६३ कराेड भन्दा बढी

काठमाडौँ । सेन्चुरी बैंक ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ६३ कराेड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा खुद नाफा ३१ करोड रुपैया बढी हो । बैङ्कले सो अवधिमा निक्षेप संकलन रू. ५२ अर्ब बढी गरेको छ भने ५० अर्ब बढी कर्जा प्रवाह गरेको छ ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ८ अर्ब बढी रहेको छ भने जगेडा कोष रू.१ अर्ब २१ करोड बढी रहेको छ ।

बैङ्कको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब रु. ७७ करोड बढी रहेको थियो ।
बैङ्कको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा गत बर्ष आर्थिक वर्षको सोही अवधिमा भन्दा रु. ३८ करोड बढी रहेको छ, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. ८५ करोड रुपैया रहेको छ । बैंकको निष्क्रिय कर्जा ०.५३ % बाट बढेर ०.७६ प्रतिशत रहेको छ । बैङ्कको सिडी रेशियो ७८.१८ रहेको छ भने प्रति शेयर आम्दानी रु.१०.४२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =