हिमालयन बैंकको खुद नाफा रू.१ अर्ब ६१ कराेड भन्दा बढी, प्रति शेयर आम्दानी कति ?

काठमाडौँ । हिमालयन बैंक ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. १ अर्ब ६१ कराेड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा खुद नाफा ७ करोड रुपैया बढी हो ।
बैङ्कले सो अवधिमा निक्षेप संकलन रू. ९६ अर्ब बढी गरेको छ भने ८५ अर्ब बढी कर्जा प्रवाह गरेको छ ।
समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. ८ अर्ब बढी रहेको छ भने जगेडा कोष रू. ५ अर्ब २० करोड बढी रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब २ अर्ब ७६ करोड बढी रहेको थियो ।
बैङ्कको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा कमि रहेको छ, गत बर्ष आर्थिक वर्षको सोही अवधिमा रु. २ अर्ब ३९ करोड रहेको थियो भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा भने रु. २ अर्ब १२ करोड रुपैया रहेको छ ।
बैंकको निष्क्रिय कर्जा ०.९० % बाट बढेर १.१९ प्रतिशत रहेको छ । बैङ्कको सिडी रेशियो ७८.७४ रहेको छ ।
बैंक को मूल्य आम्दानी अनुपात २३.६३ गुणा बढी रहेको छ भने प्रति शेयर आम्दानी रु.२५.८१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =