प्रोग्रेसिभ फाइनान्सको खुद घाटा रू. ९७ लाख रूपैयाँ

काठमाडौँ । प्रोग्रेसिभ फाइनान्स ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ९७ लाख रूपैयाँ खुद घाटा ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा १.१६ करोड थियो ।
फाइनान्स ले सो अवधिमा निक्षेप संकलन रू. ४८.८ करोड गरेर रु. ४६.६ करोड कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा फाइनान्स को चुक्ता पूँजी रू. २१ करोड रहेको छ भने जगेडा कोष रू. २६ लाख रहेको छ । फाइनान्स को खुद ब्याज आम्दानी रु. १.८७ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब रु. २ करोड बढी रहेको थियो । सञ्चालन खर्चमा फाइनान्स को १ करोड भन्दा बढि देखिएको हो ।
फाइनान्स ले प्रोभिजनमा रु.१.८० करोड रकम छुट्याइएको छ ।
फाइनान्स को निष्क्रिय कर्जा १.४३ % बाट बढेर ३.८३ प्रतिशत रहेको छ । फाइनान्स को ६६.८० सिडी रेशियो ७८.०३ % रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =