फरवार्ड माइक्रोफ़ाइनान्स (FOWAD) माइक्रोफ़ाइनान्सको निष्क्रिय कर्जा बढ्यो

काठमाडौँ । फरवार्ड माइक्रोफ़ाइनान्स (FOWAD) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. २१ करोड २१ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा खुद नाफा ८४ लाख ले बढी हो ।
समिक्षा अवधिमा माइक्रोफ़ाइनान्स (FOWAD) को चुक्ता पूँजी रू. ३० करोड बढी रहेको छ भने जगेडा कोष रू.६७ करोड बढी रहेको छ । माइक्रोफ़ाइनान्स (FOWAD) को खुद ब्याज आम्दानी ४६.३ करोड बढी रहेको छ, अघिल्लो बर्ष यहि अबधिमा करिब रु.४८.७ करोड बढी रहेको थियो ।

माइक्रोफ़ाइनान्स को सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा रु. ३.५ करोड बढी रहेको छ, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. ३३.४ करोड रुपैया रहेको छ । माइक्रोफ़ाइनान्सको निष्क्रिय कर्जा ०.२९ % बाट बढेर ०.७१ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी रु.१०६.५६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =