२०७५ साल वर्ष कस्ताे रहन्छ ? घटनाहरु कस्ता खाले घटलान् ?

ज्याेतिष शास्त्र ।
ज्याे.सत्यराज गाैतम ,पाेखरा ।
२०७५/१/१६ 
युग-परिवर्तन क्रमश: र निरन्तररुपमा भएर गैरहने कुरा हाे । त्यसैले परिवर्तनमा द्वन्दकाे मुख्य भूमिका हुन्छ । ग्रहहरुकै क्रमिकरुपमा स्थान परिवर्तनले अापसिक शत्रु र मित्रमा परिवर्तन भैरहन्छ, तत्कालीन ग्रहरुकाे सन्तुलन भत्किन्छ र नयाँ शक्ति संतुलन निर्माण हुनजान्छ यसले ग्रहहरुबीचकाे अापसिक द्वन्दकाे कारण प्रकृतिका विभिन्न अाकस्मिक घटना-दुर्घटनाहरु घटन जाने हुन्छन । यी सबैकुरा साैरमण्डलकै अाकर्षण -विकर्षणमा नियन्त्रण सन्तुलन मिलाउनका खातिर हुनजाने कुरा हुन् ।यही परिवेशभित्र प्राणी -जगतले पनि अाफूलाई हुनसम्म अनुकूलित गराएरनै लगेकाे हुन्छ ।अनि यही अाधारमा प्राणी जगतले पनि संघर्ष गर्छ,अनि अाफूलाई जीवन्त राख्न काेशिष गर्छ ।परिणामस्वरुप द्वन्द पैदा हुन जान्छ ।ग्रहहरु पनि द्वन्दकै तरीकाले अनि प्राणी जगतमा पनि द्वन्दकै बाटाेबाट सन्तुलन कायम गर्दै अाअाफ्नाे अस्तित्व जाेगाएर जानै पर्ने बाध्यता छ ।ज्याेतिष शास्त्रले पनि यिनै मूल अाधार र ग्रहकाे अापसिक नियन्त्रण सन्तुलनकाे अवस्थालाई मध्यनजर राखेर नै भविष्यवाणी गर्ने वैज्ञानिक ,मनाेवैज्ञानिक अाधार लिने हाे ।ग्रह ,गाेचर अादि यावत् बिज्ञानसंम्मत धरातलमा टेकेर नै फलादेश गर्ने हाे। हचुवा भन्ने हाेइन ।यसभित्र ज्याेतिष अाफू पनि द्वन्दकाे शिकारमा पर्न सक्छ ।ज्याेतिषले पनि अाफूलाई यसभित्रै अनुकूलन गराएर सन्तुलन मिलाएर भन्न सक्याे भने फलादेश पाकाे र खाँटी हुन जाने हाे ।

२०७५ साल वर्ष कस्ताे रहन्छ ? घटनाहरु कस्ता खाले घटलान् ? विश्वकाे अापसिक सन्तुलन कसरी जाँदैछ ?यसैभित्र, नेपालकाे स्थिति र निरन्तर तर क्रमिकरुपमा हुँदै जाने परिवर्तन कसरी जादैछ ? अादि कुरामा केन्द्रित भएर याे फलादेश गर्दैछु ।
याे वर्षकाे विशेषगरी वर्षेश कुण्डली, हाल लाेकतान्त्रिक पध्दतिमा गुज्रिरहेका नेपालका केही मुख्य पार्टीहरुकाे र यसकाे विमतिमा रहे/भएका पार्टीहरु,संस्था,अनि खासगरी अप्रतक्ष्यरुपमा अन्तर्राष्ट्रिय जगतबाट प्रभाव पार्ने धार्मिक ,अार्थिक घेरवन्दीलाई समेत हाेररी कुण्डली अाधारमा टेकेर याे फलदेश गरिएकाेछ ।सवै ग्रहहरुकाे उचनीच,तालमेल,शत्रुत्व मित्रत्व,भावम् भावगत् अादि चरहरुभित्र पसेर अनि अाफनाे निजी कुण्डलीमा देखिएका नकारात्मक ग्रहस्थितिलाई अँझ धेरै ध्यान दिएर फलादेश गर्दा हुनसक्ने कमजाेरीलाई कम गर्न काेशिष गर्नु मेराे कर्तव्य हाे र मलाई लाग्छ ,मैले करीव त्यसै गर्दैछु ।
सूर्य ,शनिकाे क्याविनेट वनेकाे याे ग्रह वर्षमा नयाँ घटनाहरु अवस्य हुनेछन् ।सूर्यले वटाे देखाउने हाे काम गर्ने ग्रह खास त शनिनै हाे ।शनि फल ढिलाे दिने सुस्त ग्रह हाे ,याे वर्ष कामहरु धेरै अलमलमा पर्ने छन् ,काम ढिलाे हुन जाने छन् ।नेपालकाे संदर्भमा खास त मुखले वकीहाल्ने किन्तु बकेअनुसारकाे काम छिटाे नहुने हुदाँ नै ठूलाे समस्या पार्टीहरुले भाेग्दैछन ।पार्टी एकीकरणमा ढिलाे हुन जाँदा रात रह्याे अग्राख पलायाे जस्तै हुन जाँदैछ जुन कुरा मैले साँसदहरुकाे चुनाव भए लगत्तै फलादेश गरेकाे थिँए करीव त्यही माफिक पुष्टि हुन गइरहेकाेछ ।नेताहरु नेतृत्वतहका नेताका मुखमा लाेभिदाे अाँखाले टुलुटुलु हेरेर वसिरहनेछन् ,यी टुलुटुलु हेरेर वस्ने नेताहरुले नै ठूलाे समस्या पैदा गरिदिने छन ।
पार्टी एकीकरणमा शनि र मंगलकै प्रवृत्ति हवि हुन जाने हुँदा अवकाे पार्टी एकताले विग्रह र अस्थिरता झन वढाउँदैछ ।एकातिर मिलायाे अर्काे तिर विग्रेर वा फुत्केर -भत्केर जाने समस्या अवस्य अाउँदैछ । सरकार बाहिर रहने पार्टीहरुमा पनि लुछचुँडी हुनेछ,पार्टीमा अनेकाै विग्रह अाइपर्ने अनि पार्टी ताछिएर दुब्लाएर जाने समस्या अाँउदैछ ।बन्दका घटनहरु ह्वात्तै वढदै जानेछन यसले याे वर्षमा निकै समस्या दिँदैछ ।यसरी राजसंस्थाकाे लागि केही भनेपनि सजिलाे पर्न जाँदैछ ।नेपालमा धर्मकाे अाडामा विदेशी घुसपेठ र अार्थिक -प्रलाेभन देखाएर अप्रत्यक्षरुपमा हस्तक्षेप वढने काम शुरु हुँदैछ ।
(शानि +मंगल )।यसले मुख्य सत्तासिन पार्टीमा विग्रह नराम्राेसँग ल्याई छाडने छ ।प्रायः पार्टीहरुका नेताहरु दुर्घटना , व्रेनहेमेरेज , फाेेविया,मानसिक राेग, स्पाईनलकर्ड, किडनी ट्रान्स्फर्म / फेल, र क्यान्सर अादिले नेताजन र उनका सन्तानलाई अनिष्ट भाेग्नु पर्ने छ ।याे वर्ष नेपालमा सर्प ,विच्छी,वाैलाह कुकुरले सताउने छ ,विदेशमा रहने नेपालीकाे लागि नाेष्टेल्जिया वा हाेमसिकनेस अादि वढी नराम्रा सपना दिएर दुःख दिने ,थाइराइड र युरिक एसिड वढने राेग लाग्ने छ ।नेपालमा भिटामिन डि र क्याल्सियम युक्त अाैषधी काराेवार वढी हुदैछ ।याे फार्मेशीले वुझ्ने कुरा हाे ।
मंगल र शनिकाे युति रहेकाे अवस्था छ ।याे पनि राम्राे हाेइन ,यसले धेरै विग्रह गर्नेछ,भारतका कैयाै स्थानमा साम्प्रदायिक ,धार्मिक दंगा,तीर्थटनका यात्रीहरुकाे दुर्घटना र क्षति हुदैछ ।विश्वमा खासगरी अष्ट्रेलया, युराेप र उत्तर अमेरिका दक्षिण अमेरिकी देशमा ज्वालमूखी,चक्रवात,भूकम्प र अातंककारी हमला हुदैछन साथै यी देशमा कल्पनानै नगरिएका दुर्घटना हुनेछ जस्ले विश्वराजनीति शक्ति- सन्तुलना ठूलाे प्रभाव पार्दैछ ,नयाँ सन्तुलन हुन जाने वर्ष याे हाे ,त्यसैले तेस्राे विश्वयुध्दकाे लागि अब नयाँ परिवेश तयार हुँदै जानेछ ।तर, विश्वयुध्द याे वर्ष संभव छैन ।
विश्वका जननेता र उनका परिवारजनकाे जीवन र स्वास्थ्यमा पनि खतरा हुद‌ैछ ।जाहज,पानी जाहज दुर्घटना ।खानी दुर्घटना , पेट्राेल,ग्यांस , कलकारखना र रसायनिक कारखनामा ठूला दुर्घटना हुदैछन ।गत वर्षकाे तुलानामा याे वर्ष चट्याँङ अलि कम र माथि उल्लेखित प्रकृतिका घटना दुर्घटना अली बढीनै हुनेछन ।

गत वर्ष उत्तर काेरियाकाे विषयमा मैले वताए अनुसारनै उक्त देश माछाेझैँ चिफ्लेर फुत्किएकाे पुष्टि भैसकेकाे छ जुन मेराे गतवर्षकाे फलादेशले पुष्टि गरेकाे छ ।अब गाेर्खाल्याण्ड जाग्दैछ ।यसले पनि हात माथि पारेर छाडदैछ ।
काेरिया प्रायद्विपतिर चीन जापनामा पनि भूकम्प र जातीयवाद, कारखना ,रसायनिक भट्टी दुर्घटना,जाहाज ,पानीजाहज दुर्घटना हुनेछन ।

गाेरखा ल्याण्डमा पनि पुन: अान्दाेलन छिटै वढेर जादैछ ।
मुश्लिम देशमा फेरि एकपटक ठूलै दंगा अातङ्क हुदैछ अनि बल्ल केही मिलापकाे वाटाे निस्कन जानेछ ।
नेपालमा जेष्ठ महिना अलि अनिष्टपूर्ण देखिन्छ ,हरेक महिना जसाे नेपालमा परकम्प -मापन सरहका भूकम्प जाने गरेकाेमा अहिले ३ महिनादेखि भूकम्प मापनकेन्द्रमा मात्र भूकम्पका झडका रेकर्ड हुँदै अाइरहेकाे अवस्था छ ,हिन्दूकुश हिमालयमा पर्ने देशहरुमा अफगानिस्तान,वर्मा अादि स्थानमा याे समयमा पटक -पटक भूकम्प सानाेतिनाे गैरहेकाे छ ।वेशाखकाे अन्त्यमा पनि नेपालमा भूकम्प जान सक्नेछ ।साथै जेष्ठ महिनमा नेपालमा भूकम्प ठूलै जाने संभवना छ ।
जेष्ठकाे १/२ ,५/६/८/१२/२९/३० गते नराम्रा घटने दिन हुन यी दिनका वरिपरिकै दिनमा भूकम्प जानेछ ,यसपटककाे भूकम्प अलि ठूलाे याने ५ रेक्टरसम्म पनि जान सक्ने छ ।उल्लेखित दिनमा बन्द, हडताल ,असिना पनि ,जाहज दुर्घटाना,नेताजनलाई कष्ट पनि हुने समयमा पर्नेछ ।

म कुनै पार्टीमा अावध्द मानिस हाेइन । नेताजनहरुलाई पनि यदि दिलचस्वी दिएर/ वुझेर काम गर्न सकेमा यसले हित गर्नेछ ।हित गराेस् ।मेराे कामना पनि यहि हाे ।मैले जाे देखे स्पष्ट राखिदएकाे छु ।यसलाई अति रन्जित नगराइ दिनु हुन र अन्यथा नलिइ दिनु हुन अाग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =