माथिल्लो तामाकोशीलाई २ अर्ब ६४ करोडको आईपिओ बिक्री गर्न स्वीकृत

लगानीकर्ताकाे बहुप्रतिक्षामा रहेकाे माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बुधबार धितोपत्र बोर्डबाट २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको साधारण सेयर (आईपिओ) विक्री गर्न अनुमति पाएको छ ।
पहिलो चरणमा स्थानीय बासीका निष्काशन हुने साधारण सेयरमध्ये चुक्ता पूँजीको १० प्रतिशत ( १ करोड पाँच लाख ९० हजार कित्ता) र सेयर जारी गरेपश्चात दोस्रो चरणमा कम्पनीले १५ प्रतिशत (१ करोड ५८ लाख ८५ हजार कित्ता ) सर्वसाधारणमा सेयर जारी हुनेछ ।

सेयर विक्री प्रबन्धकको जिम्मा भने नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।
आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाकाे पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।
अागामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि अायाेजनाकाे काम अागाडि बढीरहेकाे आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =