शिवम् सिमेन्ट को आउने भयो साधारण शेयर, कतिमा जान्नुहोस..

शिवम् सिमेन्ट लि. लाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर आइपिओ निष्काशनको लागि अनुमति दिएको छ ।

शिवमले स्थानीय वासीन्दाका लागि २ % तथा सर्वसाधारणका लागि १० % गरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने अनुमति पाएको हो ।

शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो।
जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

शिवमलाई प्रिमयिम सहित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले निष्काशन गर्नेछ ।

कम्पनीले  प्रिमियम सहित २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ ।

कम्पनीको गत माघमा सम्पन्न विशेष साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =