नेपाल काठमाण्डौ मुक्तिद्वारा अपाङ्ग बालबालिकाहरुलाई खाध सामाग्रीहरु प्रदान

नारायण सेबा:

आनन्द मार्ग प्रचारक संघ, नेपाल काठमाण्डौ मुक्तिद्वारा तारकेस्वोर न.पा.-८ जितपुर फेदी स्थित नेपाल अपाङ्ग संघद्वारा संचालित बालगृहका ४८ जना बालबालिकाहरुलाई एक दिनको भोजन गराएर एक महिना सम्म पुग्ने खाध सामाग्रीहरु प्रदान गरियो ।

यस नारायण सेवा कार्यक्रमका संयोजक आचार्य परिपुर्णनन्द अबधुत , आर.यस. काठमाण्डौ ले बाल गृहका बाल-बालिकाहरुलाई आसन, नैतिक शिक्षाको प्रबचन दिदै पिडीत मानवताको सेवा नै इश्वोरको सेवा हो भन्नुभयो ।
साथै यहाले अपिल गर्नु भयो – यस प्रकारका बालगृहका बालबालिकाहरुलाई सबै संघ- सस्था, एव जनसाधारणहरुले सहयोग गर्न अघि बढ्नु पर्दछ ।

यस कार्यक्रममा मिलन श्रेष्ठ, शिव सापकोटा, भवानी, दुर्गा दिदि. सरु दिदीको सराहनीय भूमिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =