ज्योति विकास बैंक र देव: विकास बैंक बीच सम्झौता

ज्योति विकास बैंक लि. र देवस् विकास बैंक लि. बिच मिति २०७५/०५/०३ गते रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवस् विकास बैंकका तर्पबाट प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभयो । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
यस सम्झौतापश्चात देवस् विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =