नेप्सेमा गिरावट जारी, २.५६ अंकले घटेर ११९१.३१ अंकमा

बिहिवार नेप्से परिसूचक २.५६ अंकले घटेर ११९१.३१ अंकमा झरेको छ ।
यस दिन २० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१६२ कम्पनीको ६ लाख ७२ हजार ३६८ कित्ता सेयर २० करोड ७९ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
यस दिन बैन्किंग र उत्पादन बाहेक सबै उप समूह घटेका छन् । निर्जिबन बिमा समूह सबै भन्दा बढी ५७.३७ अंकले घटेको छ।

सानिमा माई हाइड्रोपावर को ३ करोड २८ लाख ३९ हजार ११८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरि सिभिल बैंकको एक करोड २१ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।

बेस्ट फ़ाइनान्स को शेयर मूल्य सबै भन्दा बढी ४ प्रतिशतले बढेको छ । प्रोग्रेशिब फ़ाइनान्स लिमिटेडको सेयरमूल्य ३.६४ प्रतिशतले बढेको छ ।
सिटि एक्सप्रेस फ़ाइनान्सको सेयरमूलय सबैभन्दा बढी करिब १० प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =